केही समय अघि नै एकीकृत समाजवादीमा जाने सहमति गरेकै बेला एकाएक एमाले अध्यक्ष केपी ओलीले बोलाएपछि विथोलिएको समाजवादीसँगको एकताका लागि बामदेव गौतमले पुनः छलफल अघि बढाएका छन् ।
नेपाल कम्युनिस्ट पार्टी राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले नेकपा एकीकृत समाजवादीसँग पार्टी एकताका लागि वार्ता भइरहेको बताए।
‘पार्टी मात्रै खोलेर राम्रो हुँदैन, कम्युनिस्ट पार्टीबीचमा एकता गर्दै जानुपर्छ भन्ने उद्देश्यले नेकपा एकीकृत अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका नेतासँग वार्ता सुरु भएको जानकारी दिए ।
यसअघि पार्टी एकताका लागि नेकपा एमालेसँग पहल गरेको तर उसले पहिले आऊ भनेर पछि ढोका बन्द गरेको गुनासो पनि गौतमले गरेका छन्।
‘केही समय पहिला नेकपा एमालेसँग पार्टी एकताका निम्ति पहल गरिएकामा उहाँहरूले एकता हुँदैन, प्रवेश गर्न आए स्वागत छ भन्नुभयो’, उनले भनेका छन्, ‘त्यहीअनुसार तयार भइयो, उहाँहरूले नै ढोका बन्द गर्नुभयो।’
आफ्ना लागि दुवै पार्टी एमाले नै भएको पनि उनले बताएका छन्।
उ