काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकमा आज गर्ने भनिएको सम्बोधन स्थगित भएको छ। नेकपा एमालेका संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्ने भनिएको आजको कार्यक्रम स्थगित भएको बताए। उनका अनुसार प्रतिपक्षी दलका नेता संसदमा उपस्थित नहुने भएपछि प्रधानमन्त्रीको सम्बोधन स्थगित गरिएको हो।
प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र गोरखा पुगेका छन् । गोरखाको बारपाक केन्द्र भएर १० वर्ष अघि आजकै दिन गएको भूकम्पको क्षतिपछिको पुननिर्माणको प्रगतिको निरीक्षण एवं अन्य कार्यक्रममा भाग लिन उनी हिजै त्याहाँ पुगेका थिए ।
संसद् भवन नयाँ बानेश्वरमा दुवै सदनको बैठक दिउँसो १ बजेका लागि बोलाइएको हो। अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्रीले प्रतिनिधिसभामा सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline