प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले अन्तिम समयमा आफ्नो विदेश भ्रमण रद्द गरेका छन्। भ्रमण रद्धको विस्तृत कारण खुलाईएको छैन । टर्कीका प्रधानन्यायाधीशको मैत्रीपूर्ण निमन्त्रणमा स्तानबुल जान लागेका उनको भ्रमण रद्द भएको हो। उनी आज बिहान साढे १० बजे उड्ने कार्यक्रम तय भएको थियो। उनका साथमा सर्वोच्च अदालतका रजिस्ट्रार विमल पौडेल पनि जाने कार्यक्रम थियो।
प्रधानन्यायाधीशको विदाइका लागि सर्वोच्च अदालतका अधिकारीहरू विमानस्थल जाने तयारी गरिरहँदा एकाएक भ्रमण कार्यक्रम नै रद्द भएको सूचना पाएका थिए ।
उनको विदेश भ्रमणकै कारण यता महत्त्वपूर्ण मुद्दाहरूको सुनुवाइ पर धकेलिएको छ।
५२ जना संवैधानिक पदाधिकारी नियुक्तिसम्बन्धी विवादको पेसी पनि प्रधानन्यायाधीशको आसन्न विदेश भ्रमणकै कारण वैशाख २८ गतेका लागि संवैधानिक इजलासले नै हिजो पेसी तोकेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline