जम्मु कास्मीरको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलको

जम्मु कास्मीरको आतंकवादी हमलामा मारिएका नेपाली बुटवलको

  • बुधबार, बैशाख १०, २०८२
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

भारतको जम्मु–कश्मिरमा आतंकवादी आक्रमणबाट एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ।

जम्मू–कश्मिरस्थित पहलगाममा मंगलबार पर्यटकको समूहमाथि भएको आक्रमणमा परी मृत्यु हुनेमा २७ वर्षीय सुदीप न्यौपाने रहेको पुष्टि भएको छ।

उनी बुटवल उपमहानगरपालिका वडा नम्बर १४ कै रहेको सोही वडाका वडाध्यक्ष दधिराम न्यौपानेले जानकारी दिए। वडा अध्यक्ष न्यौपाने र सुदीप नातामा काका भतिज हुन्।

वडा अध्यक्ष न्यौपानेका अनुसार बन्दुकधारीहरूको उक्त समूहले बाटोमा हिँड्दै गरेका सुदीपलाई कुन धार्मिक समूह हो भन्दै सोधेपछि एकाएक गोली हानेको थियो। आमासँग बुटवल ११ कालिकानगरमा बस्दै आएका सुदीप धरानमा इन्जिनियरिङ पढ्दै आएका थिए । सुदीपको शव बुधबार नेपाल ल्याउने तयारी गरिएको छ ।

बुटवल उपमहानगरका प्रमुख खेलराज पाण्डेले पनि कश्मिरमा भएको आक्रमणमा परी मृत्यु भएका युवक बुटवलकै रहेको पुष्टि गरेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी