प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा ऐनबिना विद्यालय नफर्किने अडानमा रहेका शिक्षकहरुप्रति कटाक्ष गरेका छन्। एउटा ऐन बोक्न यत्रो मान्छे सडकमा चाहिन्छ ? प्रधानमन्त्रीले प्रश्न गरे ।
सोमबार कीर्तिपुरमा नेपाल प्रगतिशील प्राध्यापक संगठनको ११ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले ऐन ल्याएको जस लिनलाई सडकमा आउन आवश्यक नरहेको समेत बताए।
‘ यत्रोविघ्न मान्छे सडकमा किन ? ऐन बोक्न यत्रो मान्छे चाहिन्छ ?’, उनको भनाइ छ, ‘ऐन त संसद्मा छलफल हुँदैछ। उपसमितिमा छ। त्यसपछि मुल हाउसमा आउँछ। संसद्बाट पारित हुन्छ। ऐन त आउँछ नै। यी सबै ऐन जति ल्याएका छन्, सडकमा मान्छे आएर आएका छन् ऐन ? ’
ओलीले थपे, ‘हामीले ऐन ल्यायौं भन्ने पार्नका लागि यत्रो दुःख कि गर्नुपर्यो ? तपाईंहरुले नै ल्याएको हो ऐन। तपाईंहरु हुनुहुन्छ र त ऐन बन्यो नि। तपाईंहरु नभए ऐन कसरी बन्छ ?
२० दिनदेखि काठमाडौँमा आन्दोलनरत शिक्षकहरुले पटक–पटक सरकारसँग वार्ता गरे पनि
सरकारले भने ऐन बाहेकका विषय तत्कालै मन्त्रिपरिषद्बाट सम्बोधन गर्ने भन्दै शिक्षकहरुलाई आन्दोलन फिर्ता लिएर विद्यालयमा जान आग्रह गरिरहेको छ।