राप्रपाका महामन्त्री धवल शमशेर राणा क्यान्सर उपचारका लागि प्रहरीबाट रिहा, मुद्धा यथावत

राप्रपाका महामन्त्री धवल शमशेर राणा क्यान्सर उपचारका लागि प्रहरीबाट रिहा, मुद्धा यथावत

  • सोमवार, बैशाख ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

७ वैशाख,काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का सांसद धवल शमशेर राणा हाजिरी जमानीमा छुटेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई आइतबार राती छाडिएको हो ।

उनको मुखको क्यान्सर रहेको र सो को फलोअपका लागि भारतको मुम्बई जानु पर्ने भएकाले बोलाएका बेला उपस्थित हुने गरी प्रहरीले छाडिदिएको हो ।

राणालाई उपचारका लागि सरकारी वकिल कार्यालयको सहमतिमा हाजिर जमानी गर्ने शर्तमा परिवारको जिम्मा लगाइएको छ ।

गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनका क्रममा राज्य विरुद्धको कसुर अन्तर्गत उनलाई प्रहरीले पक्राउ गरेको थियो । उनीसहित वरिष्ठ नेता रवीन्द्र मिश्रलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

राप्रपाका महामन्त्रीसमेत रहेका राणा क्यान्सर सर्भाइभर हुन् । उनले करिब तीन महिनासम्म भारतको टाटा क्यान्सर अस्पतालमा उपचार गराएका थिए । उपचार गराएर गत पुसको दोस्रो साता उनी काठमाडौं फर्केका थिए ।

‘१५ चैतमा काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शन हिंसात्मक बनेपछि उनी पक्राउ परेका थिए । उनको गत सोमबार र मंगलबार जिल्ला सरकारी वकिलको कार्यालयमा बयान समेत लिइएको थियो ।

उनीविरुद्ध राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोह र संगठित अपराधको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका तर्फबाट दुर्गा प्रसाईं र ८६ वर्षीय पूर्वपञ्ज नवराज सुवेदी समेतले संयुक्त रूपमा प्रदर्शन गरेका थिए । त्यसको कमान्डर भने प्रसाईंलाई बनाइएको थियो । यो प्रदर्शन हिंसात्मक बनेपछि कीर्तिपुरका सविन महर्जन र पत्रकार सुरेश रजकको ज्यान समेत गएको थियो ।

प्रदर्शनकारीहरूले व्यक्तिका घर तोडफोड गर्नेदेखि आगजनीसम्म गरेका थिए । यो प्रदर्शनमा मिश्र र राणा समेत आफैं तीनकुनेमा उपस्थित भएर भीडलाई उक्साएको आरोप छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ