नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपतिलाई राजनीतिमा आउन संविधान, कानुन, अन्तर्राष्ट्रिय अभ्यास केहीले पनि नरोक्ने बताएका छन्।
विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले गणतन्त्र नामले नभइ कामले मात्रै बच्ने बताए ।
‘संवैधानिक, कानुनी र अन्तर्राष्ट्रिय परम्परा कुनै कुराले पनि उहाँहरूलाई रोक्दैन, राजनीतिमा आउने यदि इच्छा भयो भने, आउन रोक्ने हाम्रो केही पनि छैन,’ उनले भने, ‘हाम्रो उपराष्ट्रपतिजी पार्टीको सिपाहीकै रूपमा काम गर्न चाहन्छु भनेपछि, सबै कुराले हेर्दा केही कुराले रोक्दैन। मुख्य कुरा गणतन्त्रमा राम्रो काम हुनुपर्यो। गणतन्त्र सुदृढ हुँदै जानुपर्यो।’
प्रमुख दलका बीचमा गणतन्त्रमा बिमति नरहेको बताउँदै प्रचण्डले भने, ‘उहिले देखि नै सहमति नै छ नि१ दलहरूको बीचमा त उहिले पनि त असहमति थिएन। अहिले नै गणतन्त्रप्रति त्यस्तो गम्भीर खतरा आयो भन्या जस्तो गरी सोच्न पनि जरुरी छैन, जनआधारको दृष्टिले जनमतको दृष्टिले पनि।