राजेन्द्र लिङदेन सहित तीन जना सिंहदरबारबाटै पक्राउ

राजेन्द्र लिङदेन सहित तीन जना सिंहदरबारबाटै पक्राउ

  • आइतवार, बैशाख ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनसहितका ३ नेतालाई प्रहरीले सिंहदरबार गेट नजिकैबाट पक्राउ गरेको छ ।

बानेश्वरमा राप्रपाले आयोजना गरेको प्रदर्शनमा सहभागी हुन जानुअघि सिंहरबारस्थित संसदीय दलको कार्यालयबाट लिङ्देनसहितका नेताहरुले प्रदर्शन थालेका थिए।

आइतबार पार्टी काम भन्दै राप्रपा संसदीय दलको कार्यालय पुगेका लिङ्देन, उपाध्यक्ष एवं संसदीय दलका उपनेता बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानबहादुर शाही, सांसद दीकपबहादुर सिंह र विना लामा सिंहदरबार पुगेका थिए।

त्यहाँ पुगेर उनीहरूले पर्चासहित प्रदर्शन थालेका थिए। अनि प्रहरीले निषेधित क्षेत्र रहेको जानकारी गराएको थियो।

सो कुरा अटेर गर्दै नाराबाजी र प्रदर्शन गर्न थालेपछि उनीहरुलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ