राप्रपाले भन्यो, सरकार डराउनु पर्दैन, हाम्रा सीमित नेताले मात्र शान्तिपूर्ण प्रदर्शन गर्ने हो

राप्रपाले भन्यो, सरकार डराउनु पर्दैन, हाम्रा सीमित नेताले मात्र शान्तिपूर्ण प्रदर्शन गर्ने हो

  • आइतवार, बैशाख ७, २०८२
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

काठमाडौं, ७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका सिमित नेताहरूले मात्रै निषेधित तोडने भएका छन् ।

गत साता सम्पन्न केन्द्रिय कार्य समितिको बैठक अनुसार राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोडन लागेका हुन् ।

‘भन्नलाई प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र भन्ने तर जनतालाई यति मात्र बोल यो यो मात्र बोल, अनि यो बाटो मात्र हिँड, यहाँभन्दा एक इन्च पनि यता नआउ भनेर सीमा तोक्ने सरकारी निरङ्कुशतन्त्रको विरुद्धको प्रतिकात्मक र शान्तिपूर्ण प्रदर्शन हो,’ अध्यक्ष राजेन्द्र लिङदेनले भने, ‘जहाँ हामी सीमित नेताहरू मात्रै सहभागी हुनेछौँ, वैचारिक दृष्टिकोणले राप्रपा मुलुकको प्रमुख प्रतिपक्ष पार्टी हो, हामी जे गर्छौं भनेरै गर्छौं। सरकारले नडराए हुन्छ।’

आज बिहान बिजुली बजारमा भेला भएर सो निषेधित क्षेत्र तोडन लागिएको हो ।

राप्रपाले खुलेरै निषेधित क्षेत्र तोड्ने भनेपछि सरकारले वानेश्वर देखि माईतीघर सम्मको सुरक्षा व्यवस्था बिहानैदेखि कडा पारेको छ ।

साथै ठूलो संख्यामा प्रहरी परिचालन गरेको छ । राजावादी समुहले चैत्र १५ गते तिनकुनेमा गरेको प्रदर्शनका क्रममा भड्किएको हिंशापछि सरकार उच्च सतर्क बनेको हो । तिनकुने हिंशामा दुई जनाको मृत्यु भएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ