यू–१९ विश्वकप एसिया छनोटअन्तर्गत आज नेपाल र अफगानिस्तानको बीच हुन लागेको निर्णायक खेल वर्षाका कारण शुरु हुन सकेको छैन ।
मूलपानीस्थित क्रिकेट रंगशालामा खेल बिहान साढे ९ बजे सुरु हुने तालिका भए पनि बिहानैदेखि पानी परेकाले अघि बढाउन नसकिएको हो।
मूलपानीको तल्लो मैदानमा आज हुने अफगानिस्तानसँगको भिडन्तले नेपालको यू–१९ विश्वकपको बाटो तय हुनेछ।
नेपाली युवा टोली नवौँपटक विश्वकप खेल्न अब एक खेल मात्र टाढा छ।
तर यो खेल नभएमा नेट रनरेटका आधारमा पछि पर्दै नेपाल विश्वकपमा जान पाउने छैन भने अफगानिस्तान स्वतः छनौट हुनेछ ।
सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आईसीसी यू–१९ विश्वकपमा एसिया छनोटबाट एक मात्रै टोली पुग्ने छ।
गत वर्ष दक्षिण अफ्रिकामा दुवै टोलीले विश्वकप खेलेका थिए। नेपालले त्यसअघि सन् २००२ देखि २००८ सम्म पनि लगातार विश्वकप खेलेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline