मछिन्द्र क्लबको अगुवाइमा १२ वर्षे इन्दुजात्रा भव्य रूपमा सम्पन्न – मछिन्द्र क्लब निरन्तर सांस्कृतिक र सामाजिक सेवामा अग्रसर

मछिन्द्र क्लबको अगुवाइमा १२ वर्षे इन्दुजात्रा भव्य रूपमा सम्पन्न – मछिन्द्र क्लब निरन्तर सांस्कृतिक र सामाजिक सेवामा अग्रसर

  • शुक्रबार, बैशाख ५, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.1K
    SHARES

काठमाडौं, वैशाख ३, २०८२ – ऐतिहासिक इन्दुजात्राको अवसरमा हल्चोक क्षेत्रका १० देवगणहरूको सहभागितामा १२ वर्षमा एकपटक मात्र हुने भव्य जात्रा यसपटक केलटोल परिसरमा भव्य रूपमा सम्पन्न गरिएको छ।

यस विशेष अवसरमा मछिन्द्र क्लबको प्रमुख आयोजनामा प्रदिप्त पुस्तकालय र केलटोल श्री नारेश्वर दवली व्यवस्थापन समितिको संयुक्त सहकार्यमा जात्रालाई सफल बनाइएको हो। स्थानीय बासिन्दाको व्यापक सहभागिता, सांस्कृतिक झाँकी, बाजागाजाको धुन र आस्थाले भरिएको वातावरणले जात्रालाई झनै ऐतिहासिक बनाएको छ।

जात्रामा श्री चण्डी, श्री कुमारी, श्री हल्चोक भैरव, श्री गंगा, श्री महादेव, श्री पार्वती, श्री आकाश देवी, श्री श्री बाराही, श्री महाकाली र श्री दक्षिणकाली गरी जम्मा १० देवगणहरूको भव्य नाचगान प्रस्तुत गरिएको थियो। देवगणहरूको स्वागतमा वस काप विच्छ्याई, सुकुन्दा, धुप, दीप, लावा(अविर र फूलहरूसँग भव्य स्वागत गरिएको थियो।

नाच प्रदर्शन पश्चात देवगणहरूलाई विशेष पूजाआजा गर्दै टोलबासी तथा श्रद्धालु भक्तजनहरूले दर्शन गरेका थिए। समेभजी प्रसाद वितरण, आर्थिक सहयोग संकलन र पञ्चबली अर्पणपछि देवगणहरूलाई पुनः बाजागाजा सहित निवासतर्फ बिदाई गरिएको थियो।

मछिन्द्र क्लबले यस्ता परम्परागत सांस्कृतिक पर्वहरूको संरक्षण तथा प्रवर्द्धनमा निरन्तर क्रियाशील रहँदै समुदायबीच एकता, आस्था र संस्कृति प्रतिको सम्मानलाई अझ मजबुत बनाउँदै आएको छ। क्लबले आगामी दिनहरूमा पनि यस्तै सामाजिक र सांस्कृतिक कार्यक्रममा सक्रिय सहभागिता जनाउने प्रतिबद्धता जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी