अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

अन्तर्राष्ट्रिय ख्यातिप्राप्त जापानी अभिनेत्री माहोले नेपाली टेलिचलचित्र मनको बाँधमा डेब्यू गर्दै

  • शुक्रबार, बैशाख ५, २०८२
  • केके मानन्धर

  • 6.8K
    SHARES

वैशाख ५ । नेपाली टेलिचलचित्र ‘मनको बाँध’मा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त अभिनेत्री माहोको अभिनय देख्न पाउने भएको छ । विश्वप्रसिद्ध स्ट्रिमिङ प्लेटफर्म नेटफ्लिक्सको ‘अफलाइन लभ’मा अभिनय गरेकी उनले नेपाली टेलिचलचित्रमा काम थालेकी हुन् । जापानी अभिनेत्री माहोको अफलाइन लभ सिरिज पछिल्लो समय दर्शकहरुको प्रशंसाको विषय बनेको छ । विश्वकै प्रतिष्ठित फेसन प्लेटफर्म पेरिस फेसन विकमा सहभागी रहेकी माहो मोडलिङ क्षेत्रमा समेत उतिकै सक्रिय छिन् । फेसन र डिजिटल दुनियाका ख्यातिप्राप्त उनको अभिनय रहेको मनको बाँध वैशाख ६ गते शनिबार यूट्युब च्यानल फोकस पिक्चर्समार्फत देख्न सकिनेछ । नेपाली टेलिचलचित्र मनको बाँधको नयाँ अंक बेलुकी ७ बजे प्रशारण हुँदैछ ।

‘कोठा भाडामा बस्ने सामान्य परिवारको कथा बस्तुमा तयार गरिएको नेपाली टेलिचलचित्रमा अन्र्तराष्ट्रिय ख्यातिप्राप्त कलाकारको अभिनय जोड्न पाउनु खुसीको विषय हो ।’ निर्देशक प्रदीप खड्गीले बताए ।

नेपाली रंगमन्चमा विदेशी कलाकारहरुको डेब्यू गराएर टेलिचलचित्रमा पृथक गर्न खोजिएको निर्देशक खड्गीको भनाइ छ ।

उनले यसअघि नेपाली ऐतिहासिक चलचित्र कीर्तिपुर द लिजेन्ड अफ कीर्तिलक्ष्मी, नेपाली थ्रीलर मुभि अपीच्य, बहुभाषी चलचित्र हिमआँधी लगायतका ठूला पर्दाका चलचित्र निर्देशन गरिसकेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी