काठमाण्डौँबाट मकवानपुर जाँदै गरेको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धरमपानीस्थित कान्ती लोकपथमा काठमाडौंबाट हेटौडा जाँदै गरेको बा।प्र ०१–००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको हो।
मृत्यु हुनेमा रौतहटको दुर्गाभवानी गाउँपालिका– ५ कि ५० वर्षीय निलमदेवी राउत र सर्लाहीको बागमती गाउँपालिका( ७ कि १३ वर्षीया मानुसी मगर छिन्।
मकवानपुर प्रहरीका अनुसार बिहान १ बजे उक्त गाडी सडकबाट झन्डै २ सय मिटर तल खसेको थियो।
गाडीमा सवार १४ जना घाईते भएका छन् । उनीहरुको विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline