नेपाल प्रहरीमा एआईजी बढुवासँगै सातै प्रदेश प्रमुख रिक्त, डीआईजीहरुबीच कडा प्रतिस्पर्धा

नेपाल प्रहरीमा एआईजी बढुवासँगै सातै प्रदेश प्रमुख रिक्त, डीआईजीहरुबीच कडा प्रतिस्पर्धा

  • बिहिबार, बैशाख ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एआईजीमा बढुवासँगै प्रहरीका सातै प्रदेश रिक्त भएका छन् ।

यसअघिदेखि नै तीन प्रदेश रिक्त रहेकोमा अन्य चार प्रदेश पनि आली भएका छन् । मधेस प्रदेशका लालमणी आचार्य, बागमतीका कृष्णहरी शर्मा, लुम्बिनीका दानबहादुर कार्की तथा कोशीका राजन अधिकारी एआईजीमा बढुवा सिफारिस भएसँगै ती प्रदेश पनि रिक्त भएका छन्।

अब प्रदेशमा सरुवा हुनका लागि डीआईजीहरुबीच प्रतिस्पर्धा सुरु भएको छ। सबेको जोड मधेस र लुम्बिनी प्रदेशमा छ। बढुवामा छुटेका डीआईजीहरु नै अब प्रदेशका मुख्य दाबेदार हुनेछन्। जसमा दिनेश आचार्य, ईश्वर कार्की, शिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, डम्बर विक, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, गोविन्द थपलिया,अरुण पौडेल र राजेन्द्र भट्ट छन्। मुख्यमन्त्री हिक्मत कार्की निकट भएकाले ईश्वर कार्की कोशी जाने सम्भावना छ। राजेन्द्र भट्टको सुदूरपश्चिम सरुवा हुने सम्भावना रहेको स्रोत बताउँछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ