राप्रपाले वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा आन्दोलन गर्ने,पक्राउ परेका नेता रिहाइ नभए आन्दोलन चर्काउने

राप्रपाले वैशाख ७ गते काठमाडौँको निषेधित क्षेत्रमा आन्दोलन गर्ने,पक्राउ परेका नेता रिहाइ नभए आन्दोलन चर्काउने

  • बिहिबार, बैशाख ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 7.8K
    SHARES

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौँका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।

उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए। उनका अनुसार बैठकले पार्टी संगठन विस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णयसमेत गरेको छ।

उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णयसमेत गरेको छ। उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको बताए।

अध्यक्ष राजेन्द्र लिङ्देनले चैत्र १५ गतेको आन्दोलनका क्रममा पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुको रिहाइको माग गरेका छन् । राप्रपाका नेताहरू रवीन्द्र मिश्र र धवल शमशेर राणालगायत प्रदर्शनका क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न उनले सरकारसँग माग गर्ने बताएका हुन् ।

उनले चैत्र १५ गतेको प्रदर्शनको क्रममा पक्राउ परेकाहरूको तत्काल रिहाइ गर्न सरकारसँग माग गर्ने र रिहाइका लागि कानुनी एवम् राजनीतिक दुवै लडाइलाई सशक्त रूपमा अगाडि लैजाने निर्णय गरेको बताए । पक्राउ परेका नेता रिहाइ नभए आन्दोलन चर्काउने चेतावनीसमेत उनले दिए ।

उनले पार्टीका आन्दोलनसम्बन्धी कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताए। आन्दोलनका थप कार्यक्रम पछि तय गरिने उनको भनाइ छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ