बरु प्रधानमन्त्री ओलीले आफ्नै टिम मात्र बनाएर सरकार चलाउन विश्व प्रकाशको प्रस्ताव

बरु प्रधानमन्त्री ओलीले आफ्नै टिम मात्र बनाएर सरकार चलाउन विश्व प्रकाशको प्रस्ताव

  • बिहिबार, बैशाख ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सरकारको कार्यशैलीलाई बदल्नुपर्ने दोहोर्‍याएका छन्। मौन धारण गरेर सरकार सफल नहुने ‍र सरकार सफल हुने भनेकै कमी, कमजोरी केलाएर हुने शर्माको भनाइ छ। उनले कांग्रेस संलग्न सरकारको सफलताको लागि बोल्नु आफूहरूको कर्तव्य रहेको बताए।

उनले बरु प्रधानमन्त्री ओलीलाई गाह्रो भएको भए आफ्नै पार्टीको मात्रै टिम बनाएर चलाउन सुझाव दिए ।

महामन्त्री शर्माले प्रधानमन्त्रीलाई काम गर्न गाह्रो परेको भए जो प्रधानमन्त्री छ उसकै पार्टीकै मात्र टिम बनाउने सहमति गर्न प्रस्ताव पेस गरे।

एमालेबाट प्रधानमन्त्री हुँदा खेरी एमालेको टिम र कांग्रेसबाट प्रधानमन्त्री हुने बेलामा का‍ंग्रेस टिम हुनेगरी अघि बढ्न शर्माले विकल्प दिए।

त्यस्तै उनले थपे, ुभोलि कांग्रेसको प्रधानमन्त्री बन्ने बेलामा कांग्रेसको टिम हुन्छ, एमालेले बाहिर बसेर सरकारलाई सहयोग गर्छ, कमजोरीप्रति प्रश्न गर्छ।’

उनले कांग्रेस सभापति शेरबहादुर देउवासमेत कामको गति बढाउनुपर्ने पक्षमा रहेको बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ