गल्ती सच्याएर अगाडि बढ्न माओवादीलाई एक पटक मौका दिनुहोस्ः प्रचण्ड

गल्ती सच्याएर अगाडि बढ्न माओवादीलाई एक पटक मौका दिनुहोस्ः प्रचण्ड

  • बुधबार, बैशाख ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

वैशाख ३, परासी । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विगतमा माओवादीले गल्ती गरे पनि सच्चिएर अगाडि बढ्न जनताको बीचमा आएको बताएका छन् । ‘जनतासँग माओवादी हुलाकीमार्ग केन्द्रित तराई(मधेश जागरण अभियान’ अन्तर्गत आज पश्चिम नवलपरासीको प्रतापपुरमा आयोजित सभालाई सम्बोधन गर्दै दाहालले एक पटक मौका मागेका हुन् ।

‘माओवादी जनताको पार्टी हो । गल्ती गरे पनि आफ्नै छोराछोरी सम्झेर एक पटक फेरि मौका दिनुहोला,’ उनले भने, ‘गल्ती सच्याउँदै अगाडि बढ्ने हो । जिल्लाका साथीले पनि आत्मालोचना गर्दै जनताको पक्षमा काम गर्नु होला ।’

मधेशमा कृषि क्रान्तिको सम्भावना हुँदाहुँदै पनि अपेक्षाकृत रूपमा विकास हुन नसकेको बताउँदै भारतबाट अवैध रूपमा आयात हुने कृषि उपजको नियन्त्रणमा सरकारले ध्यान दिनुपर्ने बताए ।

आजै जिल्लाको पाल्हिनन्दनमा हुने सभालाई सम्बोधन गर्ने र सदरमुकाम परासीमा बुद्धिजीवी, उद्योगी तथा सरोकारवालासँग छलफल गर्ने कार्यक्रम रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ