सुनसरीको देवानगञ्जमा अपरिचित व्यक्तिको गोली प्रहारबाट दुई जना घाईते

सुनसरीको देवानगञ्जमा अपरिचित व्यक्तिको गोली प्रहारबाट दुई जना घाईते

  • मङ्लबार, बैशाख २, २०८२
  • मिर्मिरे अनलाइन

  • 10K
    SHARES

सुनसरीको देवानगञ्जमा अपरिचित व्यक्तिले गोली प्रहार गर्दा दुई जना घाईते भएका छन् ।

सोमबार राति देवानगन्ज गाउँपालिका–७ राशीस्थित बजारमा अपरिचित व्यक्तिले गोली प्रहार गरेको प्रहरी निरीक्षक दिनेश अधिकारीले जानकारी दिए।

उनका अनुसार गोली लागेर सोही ठाउँका शिवकुमार मेहेता र रविन्द्र यादव घाइते भएका छन्। उनीहरूको तिघ्रा र ढाडमा चोट लागेको छ। घाइते दुवै जनालाई विराटनगर अस्पतालमा पठाइएको छ। अहिले गोली चलाउने व्यक्तिको प्रहरीले खोजी तीव्र पारेको छ ।

प्रहरी निरीक्षक अधिकारीका अनुसार तीन राउण्ड गोली चलेको हो। त्यसको खोका भने एउटा मात्रै फेला परेको छ।

गोली प्रहार गर्ने व्यक्तिको पहिचान भएको र खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ