तिर्थयात्री बोकेको स्कारपियो दोरम्बा शैलुङमा पल्टियो (तस्बीरहरु)

तिर्थयात्री बोकेको स्कारपियो दोरम्बा शैलुङमा पल्टियो (तस्बीरहरु)

  • सोमवार, बैशाख १, २०८२
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

रामेछापको दोरम्बा शैैलुङ गाउँपालिका ७ मा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
शैैलुङ मन्दिर दर्शन गरी काठमाडौँ फर्किने क्रममा ०२८ प ००६० नम्बर प्लेटको स्कार्पियो दोरम्बा सैलुङ गाउँपालिका ७ स्थित भूमिस्थान आइपुग्दा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका का ६७ वर्षीय धनबहादुर गोपाली गम्भीर घाइते भएको र अन्य सबैको अवस्था सामान्य रहेको छ।
घाईते हुनेहरुमा काठमाडौं थानकोटका ६६ बर्षिय रामकेशरी गोपाली, २० बर्षिय सफी गोपाली, ललितपुरको महालक्ष्मीस्थानका ४८ बर्षिया कृष्णलाल श्रेष्ठ, सोहि स्थानका ४२ बर्षिया तीर्थकेशरी श्रेष्ठ, ४८ बर्षिया शान्ति श्रेष्ठ, २० बर्षिया कृति श्रेष्ठ, २१ बर्षिया उषा श्रेष्ठ, र भक्तपुर ठिमी न.पा.६ का ४४ बर्षिया राजन बुढाथोकि रहेका छन् ।
इमाडोलबाट २०८१ चैत ३१ गते इमाडोलबाट मुडे हुँदै ठूलो शैैलुङ पुगेको तिर्थयात्री बोकेको स्कारपियो राति खोलाखर्कमा बसेको थियो । आज बिहान ठुलो शैलुङको दर्शन गरेर काठमाडौं फर्किने क्रममा दोरम्बा शैलुङ गाउपालिका ७ मा ब्रेक फेल भएर दुर्घटना भएको चालकले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ