रामेछाप, १ वैशाख । रामेछापको दोरम्बा सैलुङ गाउँपालिका ७ मा स्कार्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन्।
सैलुङ मन्दिर दर्शन गरी काठमाडौँ फर्किने क्रममा ०२८ प ००६० नम्बर प्लेटको स्कार्पियो दोरम्बा सैलुङ गाउँपालिका ७ स्थित भूमिस्थान आइपुग्दा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार चन्द्रागिरी नगरपालिका का ६७ वर्षीय धनबहादुर गोपाली गम्भीर घाइते भएको र अन्य सबैको अवस्था सामान्य रहेको छ।
दुर्घटनामा घाइते भएका सबैलाई एम्बुलेन्स मार्फत काठमाडौँ पठाइएको छ भने घटनास्थलमा ट्राफिक प्रहरीको टोली पुगिसकेको छ ।
ब्रेक फेल भएर स्कार्पियो दुर्घटना भएको चालकको भनाइ रहेको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline