तिनकुने घटनालाई लिएर पूर्व राजाले जनतामा आएको जागरण भनेकोमा एमालेको आपत्ति

तिनकुने घटनालाई लिएर पूर्व राजाले जनतामा आएको जागरण भनेकोमा एमालेको आपत्ति

  • सोमवार, बैशाख १, २०८२
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

नेकपा (एमाले) ले पूर्वराजा ज्ञानेन्द्र शाहले नयाँ वर्षको पूर्वसन्ध्यामा दिएको शुभकामना सन्देशमा उल्लेख गरेको तीनकुने घटनालाई लिएर जनतामा आएको जागरण भनेपछि एमालेले आपत्ति जनाएको छ ।

आज बसेको एमाले सचिवालयको बैठकले आपत्ति जनाउने निर्णय गरेको हो ।

चैत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा दुई जनाको मृत्यु, निजी घर तथा सरकारी गाडी र जडिबुटी प्रशोधन केन्द्रमा आगजनी, भाटभटेनीमा लुटपाट भएको थियो।

‘पूर्वराजाको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि भन्ने आशा र सक्रियता जीवितै रहेको पायौं, जुन गलत हो,’ बैठकपछि पत्रकारहरूसँग उपमहासचिव प्रदीप ज्ञवालीले भने, ‘तीनकुनेको आपराधिक घटनालाई जनतामा आएको जागरण भन्ने हो भने सर्वसाधारणका घरमा आगजनी, लुटपाट त्यस्तो जागरण खोजेको होरु हो भने त्यो आपत्तिजनक छ।’

उता, माओवादी अध्यक्ष प्रचण्डले नयाँ बर्षमा सरकार परिवर्तन हुने भन्दै दिएको अभिब्यक्ति प्रति पनि आपत्ति जनाएको छ। ‘केही दिन अघि प्रचण्डले फेरी सरकार फेरिने कुरा गर्नुभयो, यो उहाँको सरकार बाहिर रहदाँको पीडा हो, उहाँमा सत्ता प्राप्तिको आशक्ति देखाउँछ तर यो सरकार कुनै हालतमा परिवर्तन हुने छैन, सरकार परिवर्तन गरेर अस्थिरता निम्ताउने प्रयास सफल हुने छैन्’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ