यू–१९ विश्वकप छनौटमा ओमनमाथि नेपालको सहज जीत

यू–१९ विश्वकप छनौटमा ओमनमाथि नेपालको सहज जीत

  • सोमवार, बैशाख १, २०८२
  • मिर्मिरे अनलाइन

  • 4.7K
    SHARES

यू–१९ विश्वकपको एसिया छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ। सोमबार माथिल्लो मूलपानी क्रिकेट मैदानमा नेपालले ओमानलाई ८ विकेटले पराजित गरेको हो।

३८औँ ओभरमा ११७ रन बनाउँदा ओमान अलआउट भएपछि नेपालले ११८ रनको लक्ष्य पाएको थियो। यो लक्ष्य १४.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो।

नेपालको जितमा ओपनर शाहिल पटेल र निरजकुमार यादवले उत्कृष्ट ब्याटिङ गरेर सहज जीत तर्फ डोर्याए। पटेलले ४२ बलमा ४४ र यादवले ३१ बलमा ४६ रनको योगदान गरे। नरेन भट्ट १२ तथा सन्तोष यादव १० रनमा अविजित रहे।

ओमानका सौम्या भाविन सम्पतले २ विकेट लिए। त्यसअघि युवराज खत्रीको घातक बलिङसामु ओमान निर्धारित ५० ओभरसम्म पनि टिक्न सकेन।

नेपालका युवराज खत्रीले ५ विकेट सन्तोष यादवको नाममा २ विकेट रह्यो। दयानन्द मण्डल, अपराजित पौडेल र अशोक धामीले समान १÷१ विकेट लिए। नेपालले पहिलो खेलमा युएईलाई हराएको थियो । नेपालले अब अफगानिस्तान र कुवेत बिरुद्ध खेल्न बाँकी छ ।

यो समुहमा शीर्ष स्थानमा रहे नेपाल विश्वकपका लागि छनौट हुनेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी