बर्षाले खेल रोकिँदा युएई बिरुद्ध नेपाल बिजयी

बर्षाले खेल रोकिँदा युएई बिरुद्ध नेपाल बिजयी

  • आइतवार, चैत्र ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

३१ चैत, काठमाडौं । यूएईका यायिन किरन राईले अविजित शतक बनाएपनि वर्षा र खराब प्रकाशका कारण ओभर पूरा हुन नसक्दा नेपालले यूएईमाथि जित निकालेको छ ।

नेपालले दिएको २०१ रनको लक्ष्य पछ्याएको यूएईले ३६ ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाउँदा हल्का वर्षा र प्रकाश कम भएपछि खेल रोकिएको थियो। त्यसपछि केहीबेर खेलाडीहरू मैदानमै कुरिरहेका थिए र अन्त्यमा अम्पायरले खेल अगाडि नबढाउने निर्णय गरे ।

त्यसबेला डीएल पद्दति अनुसार पार स्कोर १७६ थियो जसको मतलब नेपाल ५ रनले अघि रहेको थियो । त्यसअघिको ओभरमा यूएई २ रनले अगाडि रहँदा नेपालले विकेट लिएपछि नेपाल अघि आएको हो ।

यूएईका यायिन १०४ रनमा अविजित रहँदै यूएईको जित सम्भव बनाइरहेका थिए । मुहम्मद रयनले ३५ रन बनाए ।

नेपालका सन्तोष यादव र अशोक धामीले २९२ विकेट लिँदा अभिषेक तिवारी र नरेन भट्टले १÷१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले कप्तान नरेन भट्टको अर्धशतकमा यूएईलाई २०१ रनको लक्ष्य दिएको थियो ।

४० ओभरमा घटाइएको खेलमा नेपालले ९ विकेट गुमाएर २०० रन बनायो । कप्तान नरेनले ६७ रन बनाए । ७५ बल खेलेका उनले ७ चौका प्रहार गरे । दिलसाद अलीले ३४ तथा साहिल पटेलले ३२ रन बनाए ।

नेपालले भोलि ओमानसँग खेल्ने छ ‌।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी