तिनकुने घटनाप्रति पूर्व राजाले दुखः व्यक्त गरे

तिनकुने घटनाप्रति पूर्व राजाले दुखः व्यक्त गरे

  • आइतवार, चैत्र ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पूर्वराजा ज्ञानेन्द्र शाहले तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनको दुई सातापछि प्रतिकृया दिँदै दुखः व्यक्त गरेका छन् । उनले नयाँ वर्षको पूर्वसन्ध्यामा भिडिओ सन्देश जारी गर्दै तीनकुने घटनामा पनि प्रतिक्रिया जनाएका हुन्।

‘समाजका विभिन्न दल, वर्ग र जनसमुदायले आफ्नो धारणा र विचार अभिव्यक्ति राख्न पाउनु प्रजातन्त्रको सुन्दर विशेषता हो,’ उनले भनेका छन्, ‘त्यस्तो धारणा र मान्यता प्रस्तुत गर्दा सबैले संयम् अपनाउनुपर्दछ। तर केही दिनअघि जनप्रदर्शनमा जुन प्रकारको हिंसा, आगजनी तोडफोड भयो, यसबाट जसप्रकारको मानवीय एवम् भौतिक क्षति भयो, यो सुन्दा हामीलाई दुःख लाग्यो।’

यस्तै उनले जनतामा जागरूकता पैदा हुनु भने सकारात्मक रहेको बताएका छन्। ‘नागरिक स्वतन्त्रता भन्दा ठूलो तन्त्र वा वाद अरु हुँदैन। वास्तविक प्रजातन्त्र त्यहाँ हुन्छ जहाँ राम्रो नराम्रो जनगुनासो सुन्ने परम्परा र संस्कार हुन्छ। नेपाली जनतालाई देश र भविष्यलाई लिएर जुन खालको जागरुकता पैदा भएको छ। यसलाई हामीले सकरात्मक लिएका छौँ,’ उनको भनाइ छ।

चैत १५ गते पूर्वराजा शाहका समर्थकहरूको प्रदर्शन भड्किँदा व्यापक आगजनी, तोडफोड र लुटपाट भएको थियो। राजावादीहरूले घरघरमा आगो लगाउँदा पत्रकार सुरेश रजकको मृत्यु भएको थियो भने एक प्रदर्शनकारीको सडकमै ज्यान गएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ