आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

आज नेपाल र कुबेतबिचमा फाइनल प्रतिस्पर्धा

  • आइतवार, चैत्र ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

काठमाडौं, ३१ चैत । हङकङमा जारी चारदेशीय टी–२० सिरिजमा आज नेपालले फाइनल खेल खेल्नेछ ।

शनिबार आयोजक राष्ट्र हङकङविरूद्ध लिग चरणको अन्तिम खेल वर्षाका कारण रद्द भएपछि नेपाल रन रेटका आधारमा फाइनल पुगेको हो। आज नेपालले यसअघि पराजित गरेको टिम कुवेतसँग फाइनल खेल खेल्नेछ ।

हिजो खेलमा ९ ओभरमा हङकङले ३ विकेट गुमाएर ६८ रन बनाएको थियो। त्यसपछि वर्षाका कारण खेल रोकिँदै रद्द भए पछि नेपाल स्वतः फाइनलमा पुगेको हो ।

लिग चरणमा अपराजित नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई हराउँदै र लिगको अन्तिम खेलमा हङकङ विरुद्धको बर्षाका कारण रद्द भए पनि तीन खेलबाट ५ अङ्क जोड्दै अंकतालिकाको शीर्ष स्थानमा रहेको छ।

यता, हिजो कतारलाई पराजित गरेको कुवेतले पनि फाइनलमा स्थान पक्का गरेर नेपालसँग भिडन आएको हो। समूह चरणमा नेपालले कुवेतलाई ६ विकेटले पराजित गरेको थियो। त्यसअघि कतारलाई ८ विकेटले पराजित गरेको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी