यू १९ एशियाकपको छनौट आजबाट, नेपालले पहिलो खेलमा युएई बिरुद्ध प्रतिस्पर्धा गर्दै

यू १९ एशियाकपको छनौट आजबाट, नेपालले पहिलो खेलमा युएई बिरुद्ध प्रतिस्पर्धा गर्दै

  • आइतवार, चैत्र ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

आइतबारदेखि आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको खेल सुरू हुँदैछ।

आज आफ्नो पहिलो खेलमा नेपालले युएई बिरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालका कप्तान नरेन भट्टले टिम सुन्तुलित रहेकाले राम्रो प्रदर्शन गर्ने बताए ।

आइतबारदेखि सुरु हुने खेल आगामी वैशाख ६ गतेसम्म सञ्चालन हुनेछन् । खेलहरू माथिल्लो र तल्लो मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुनेछन्।

नेपाली टोलीमा भट्टको कप्तानीमा अभिषेक तिवारी, निरज यादव, साहिल पटेल, सिब्रिन श्रेष्ठ, रोशन विश्वकर्मा, दर्श सोनार, दिलसाद अली रहेका छन् । यस्तै, सन्तोष यादव, अशोक धामी, दयानन्द मण्डल, अपराजित पौडेल, युवराज खत्री र बिपिनप्रसाद शर्मा टोलीमा छन्।

यो छनोटको विजेता मात्र सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू–१९ विश्वकपमा छनोट हुनेछ।

नेपालको खेल
नेपाल भर्सेस युएई – चैत ३१
नेपाल भर्सेस ओमान – वैशाख १
नेपाल भर्सेस हङकङ – वैशाख ३
नेपाल भर्सेस अफगानिस्तान – वैशाख ६

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी