१७ हजार मानिसहरु युद्धका क्रममा मारिएका हुन्, मैले कसैलाई पिटको समेत छैन : प्रचण्ड

१७ हजार मानिसहरु युद्धका क्रममा मारिएका हुन्, मैले कसैलाई पिटको समेत छैन : प्रचण्ड

  • शनिबार, चैत्र ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले १७ हजार मानिसहरूको मृत्यु युद्धका क्रममा भएको बताएका छन्।

शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकलाई इतिहासको पछाडितिर धकेल्न चाहनेहरूले माओवादी केन्द्र र विशेषगरी आफूमाथि १७ हजार मानिस मारेको आरोप लगाएको बताए ।

ुयो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ,ु उनले भने, ु १७ हजार माओवादीले, हत्याको कुरा छाड्दिनुस् मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन।

अध्यक्ष प्रचण्डले युद्धको नेतृत्व आफूले लिएको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण कुराको जिम्मा लिन्छु भनेको बताए।

ुतर यति धेरै गलत आरोप लागिराख्दा विभिन्न बुद्धिजीवि, राजनीतिक दल, सात राजनीतिक दल कोही पनि बोलेको देखिएको छैन,ु उनले भेन।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ