गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

  • शनिबार, चैत्र ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.2K
    SHARES

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिका, ४ खोक्लिङ खेलमैदानमा आयोजना भएको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिताको फाइनल खेल शुक्रबार रोमाञ्चक मोडमा सम्पन्न भएको छ । वडा नं. ७ खुर्कोटले वडा नं. ४ लाई ट्राइब्रेकरमा ३–२ गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको हो । नियमित समयमा दुबै टोलीले १–१ को बराबरी गरेपछि खेल ट्राइब्रेकरमा पुगेको थियो ।

टाइब्रेकरमा खुर्कोटले ३ गोल गर्दै निर्णायक बढत लिएर विजयी हुन सफल भयो । यसरी उनीहरूले प्रतियोगिताको उपाधि आफ्नो नाम गराउन सफल भए ।प्रतियोगिताको समापनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट गोलरक्षक पनि घोषणा गरिएको छ । खुर्कोट टोलीका अनिल माझी उत्कृष्ट गोलरक्षक घोषित हुनुभयो ।

उपाधि जिताउनुका साथै उत्कृष्ट खेलाडीको पुरस्कार पनि उहाँले हात पार्नुभयो ।यसैगरी, वडा नं. ४ का निराजन ठकुरी खेलाडीले उत्कृष्ट गोलकर्ता र वडा नं. ७ का सन्तोष माझी उत्कृष्ट खेलाडीको उपाधि प्राप्त गर्नुभयो । उनीहरूलाई ३ – ३ हजार नगद पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिएको थियो । आज बिहान भएको खेलमा वडा नं .२ लाई ७ गोलको फराकिलो अन्तरले हराउँदै वडा नं . ३ तृतीय स्थान हासिल गरेको थियो । खेलको विजेतालाई ६२ हजार ५ सय नगद, उप–विजेतालाई ३७ हजार ५ सय नगद र तृतीय स्थान हासिल गरेको टिमलाई २५ हजार नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी