ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ

ब्राउनसुगर तस्करीमा बाराका एसपी तामाङको एक्सन, दुई जना भारतीय तस्कर पक्राउ

  • शुक्रबार, चैत्र २९, २०८१
  • सञ्जय मिश्रा

  • 4.2K
    SHARES

रौतहट ‍- बारा प्रहरीलाई ब्राउनसुगर तस्करी नियन्त्रणमा ठूलो सफलता प्राप्त भएको छ। ट्याक्टरको तेल ट्यांकीभित्र राखेर तस्करी गरिँदै गरिएको ठूलो परिमाणको ब्राउनसुगरसहित बारा प्रहरीले दुई जना भारतीयलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा भारत बिहार पूर्वी चम्पारण जिल्ला शिवनगर इनरवा पञ्चायत वडा नम्बर २ का ट्याक्टर चालक ३० वर्षीय टुटु कुमार र सोही ठाउँका ३२ वर्षीय टुटु अन्सारी रहेका छन्।

विशेष सूचनाको आधारमा २७ गते दिउँसो जिल्ला प्रहरी कार्यालय कलैयाबाट गएको टोलीले फेटा गाँउपालिका-३ चौताराबाट उनीहरूलाई पक्राउ गरिएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले बताए।

तामाङका अनुसार उनीहरू भारत बिहार घोडासाहनबाट ना३त ४७१४ नम्बरको ट्याक्टरमा आउँदै थिए।

चेकजाँचको क्रममा तेलको ट्याङ्कीभित्र पलाष्‍टिकमा बेरेर ल्याइरहेको ब्राउनसुगर १५८ ग्राम ९१० मिलिग्राम बरामद भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

बरामद लागुऔषध ब्राउनसुगर, ट्याक्टरसहित दुवै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कानुनी कारबाही प्रक्रिया अगाडी बढाइको छ।

एसपी सन्तोष तामाङले कमाण्ड सम्हालेपछि बारा प्रहरीले लागुऔषध नियन्त्रण तथा तस्करी नियन्त्रण अभियान सञ्चालन गरेको छ।

अभियान अन्तर्गत प्रहरी ठूलो परिमाणमा लागुऔषध, भन्सार छलीको सामान बरामद गर्नुका साथै दर्जनौं कारोबारीलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको तामाङले बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ