चैत्र २८ काठमाण्डौँ । गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक प्रदर्शनका मुख्य नाइके दुर्गा प्रसाईं भारतमा पक्राउ परेका छन्।
यता नेपाल प्रहरीले आधिकारीक रुपमा दुर्गा प्रसाई भारतमा पक्राउ परेको कुराको विज्ञप्ति निकालेर खण्डन गरेको छ ।
तर राजसंस्था पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले भने दुर्गा प्रसाई पक्राउ वा आत्मसमर्पण भन्दा पनि असम प्रहरीका लागि सुरक्षाको लागि आफै गएको र नेपालको सीमा सम्म सुरक्षित रुपमा ल्याईपुर्याएको बताएको छ ।
उहाँले आत्मसमर्पण गर्नु भएको होइन, नेपालसम्म सुरक्षित पुर्याइदिन आफैँ अनुरोध गर्नु भएको हो । सरकारले काठमाडौंको तीनकुनेको शान्तिपूर्ण कार्यक्रमबाट आफै लखेटेर फरार रहेको बताइरहेको अवस्थामा नेपाल फर्कँदै गर्दा नेपाल प्रहरीले उहाँ नेपाल फर्कीरहेको आफूहरुलाई जानकारी नरहेको प्रतिक्रिया दिएको अवस्थामा उहाँको नेपाल प्रवेशसँगै ज्यान खतरामा रहेको र बेपत्ता समेत पारिन सक्ने स्थिति भएको हुँदा राष्ट्रिय अन्तराष्ट्रिय मानव अधिकारवादी संघ संस्था, सञ्चारकर्मी तथा नागरिक समाजका अगुवाहरुलाई उपस्थित भई उहाँको ज्यानको सुरक्षाको प्रत्याभूतिका लागि भूमिका निर्वाह गरिदिनु हुन हामी अपिल गर्दछौं ।
तीनकुने घटनामा प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं सोही दिनदेखि सम्पर्क बिहीन भएका थिए ।
यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको र नेपालमै रहेको दावी गरिरहेका थिए ।
तीनकुनेमा भएको प्रदर्शन भाँडिएपछि प्रदर्शनकारीले लिएको उग्र शैलीका कारण दुई जनाको ज्यान गएको थियो ।
सो प्रकरणमा राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा सहितलाई नियन्त्रणमा लिएर प्रहरीले मुद्धा चलाएको छ ।
