काभ्रेको रोशीमा बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
आज बिहान साढे ८ बजे बीपी राजमार्गमा पर्ने रोशी गाउँपालिका– ९ दाउनेमा काठमाडौँबाट रामेछापतर्फ जाँदै गरेको प्रदेश ३–०१– ००६ ख. १३३९ नम्बरको बस दुर्घटना भएको थियो ।
घाइतेमध्ये सोलु लिखुपिके गा.पा. ३ बस्ने वर्ष ७३ की सुन्तली बिकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
बसले खाँदबारीबाट काठमाडौँतर्फ आउँदै हाइस गाडीलाई ठक्कर दिएर सडकबाट तल खसेको थियो । बर्षाका कारण ब्रेक नलाग्दा दुर्घटना भएको चालकले बताएका छन् ।
बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline