कुवेत माथी ६ विकेटले नेपालकाे जीत

कुवेत माथी ६ विकेटले नेपालकाे जीत

  • बिहिबार, चैत्र २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

काठमाडौं, २८ चैत । नेपालले कुवेत माथी ६ बिकेटको बिजयी हासिल गरेको छ ।

चार देशिय ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखलामा नेपालले कुवेतलाईसमेत हराएर लगातार दोस्रो जित दर्ता गरेको हाृ ।

हङकङको मिसन रोड क्रिकेट मैदानमा बिहीबार बिहान भएको खेलमा नेपालले कुवेतलाई ६ विकेटले हराउन सफल भएको हो ।

कुवेतले प्रस्तुत गरेको १८६ रनको लक्ष्य नेपालले १८.५ ओभरमा चार विकेट गुमाउँदै पूरा गरेको हो । जसका लागि कुशल भुर्तेलले ५० बलमा समान ६ चौका र छक्काको मद्दतले सर्वाधिक ८० रनको योगदान गरेका थिए भने आसिफ शेखले ३८ बलमा ४ छक्का र दुई चौकसहित ५३ र दीपेन्द्रसिंह ऐरीले ३१ रन बनाएर नेपालको जीतलाइ सहज बनाएका हुन् ।

पहिलो विकेटका लागि कुशल र आसिफले १२७ रनको साझेदारी गरेका थिए भने कुवेतका लागि यासिन पटेलले दुई तथा मोहम्मद सफिक र कप्तान मोहम्मद अस्लामले समान एक एक विकेट लिन सफल भए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १८५ रनको योगफल तयार पारेको थियो ।

दोस्रो जितसँगै नेपालले दुई खेलबाट चार अंक जोडेको । पहिलो खेलमा नेपालले कतारलाई पराजित गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी