२८ चैत, काठमाडौं । काठमाडौं उपत्यकामा आज बिहानैदेखि बर्षा भएको छ । पानी भोली सम्म पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यो वर्षाले प्रदु्षणबाट प्रभावित जनजीवनमा केही राहत मिलेको छ ।
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा न्यूनचापीय प्रणाली, स्थानीय वायु र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त वायुको प्रभाव छ । त्यसैले पूर्वदेखि सुदूरपश्चिमसम्मै वर्षा भएको छ ।
अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ ।
लामो समयको सुक्खा र खडेरीबाट प्रभावितहरुलाई यो वर्षाले केही राहत दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline