चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको विजयी सुरुआत

चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा नेपालको विजयी सुरुआत

  • बुधबार, चैत्र २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

काठमाडौं, २७ चैत । नेपालले चार देशिय ट्वान्टी– २० अन्तर्राष्ट्रिय शृंखलामा विजयी सुरुआत गरेको छ ।

नेपालले बुधबार हङकङको मिसन रोड क्रिकेट मैदानमा कतारविरुद्ध ८ विकेटले बिजयी सुरूवात गरेको हो ।

कतारले प्रस्तुत गरेको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा ३ विकेट गुमाउँदै पूरा गरेको हो । जस अनुसार नेपालका लागि कुशल भुर्तेलले ३८, कप्तान रोहितकुमार पौडेलले अविजित ३७, आसिफ शेखले ३३ र बसिर अहमदले अविजित ३० रन बनाउन सफल भए । पहिलो विकेटका लागि कुशल र आसिफले ८१ तथा तेस्रो विकेटका लागि रोहित र बसिरले अविजित ६२ रनको साझेदारी गरेर नेपाली टोलीलाइ बलियो बनाएका थिए ।

कतारका लागि दुवै विकेट मुजिब उर रेहमानले लिएका हुन ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कतारले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेको थियो ।

कतारका लागि कप्तान इक्रमउल्लाह खानले ५४ बलमा पाँच चौका र दुई छक्काको मद्दतले सर्वाधिक ५४ रनको योगदान गरे भने शहजाद जामिलले ३१, मुजिब उर रेहमानले अविजित २०, मोहम्मद इर्शदले अविजित १८ र अरुमुगागणेश नागराजनले १३ रन बनाएका थिए ।

नेपालका लागि करण केसी, सोमपाल कामी, नन्दन यादव, गुल्शनकुमार झा र ललितनारायण राजवंशीले समान एक विकेट लिन सफल भए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी