माहेश्वरी महिला मञ्चद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

माहेश्वरी महिला मञ्चद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

  • मङ्लबार, चैत्र २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविर सफलतापूर्वक सम्पन्न भएको छ । महिला मञ्चकी अध्यक्ष ललिता जाजुको सभापतित्वमा आयोजित स्वास्थ्य शिविरको उद्घाटन कोशी प्रदेशका स्वास्थ्य मन्त्री भुपृेन्द्र राईले गरेका थिए ।

प्रदेश सांसद भीम पराजुलीलगायतको उपस्थितिमा मंगलबार कटहरी ४ श्री भगवती आधारभूत विद्यालयमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन भएको स्वास्थ्य शिविरमा सयौंले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए ।

शिविरमा विराटनगर नर्सिङ होमका महिला बालबालिका, मानसिक रोग विशेषज्ञ र अनुभवी चिकित्सकहरूद्वारा निःशुल्क जाँच तथा परामर्श सेवा दिइएको थियो । साथै निःशुल्क ब्लड प्रेसर र सुगर, ई–सिजी पनि गरिएको थियो । निःशुल्क औषधि वितरण पनि गरिएको छ ।

कार्यक्रममा माहेश्वरी समाजका अध्यक्ष घनश्याम काबरा, माहेश्वरी समाजका बजरंग कोहली, मञ्चकी सहसचिव अर्चना तापडिया, सल्लाहकार पुनम राठीलगायतको सहभागिता थियो । कार्यक्रम संयोजक प्रीति अटल थिइन् ।

यसअघि माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अञ्चल अस्पताललाई ‘पोस्ट मेटरनिटी किट’ वितरण गर्नुका साथै डस्विनहरु उपलब्ध गराएको थियो । आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्ने मञ्चको योजना रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ