बैशाख पहिलो साता ‘मिस एसईई इटहरी’को पाँचौं संस्करणको अडिसन

बैशाख पहिलो साता ‘मिस एसईई इटहरी’को पाँचौं संस्करणको अडिसन

  • मङ्लबार, चैत्र २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

इटहरी/ इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा बौद्धिक प्रतिभा प्रष्फुटन प्रतियोगिता ‘मिस एसईई’ को पाँचौं संस्करण लाई ओपन स्पेस मिडिया प्रालिले आयोजना गर्दैछ । प्रतियोगिताको अडिसन वैशाखको पहिलो साता इटहरीमा आयोजना हुने आयोजकले जनाएका छन् ।

यसअघि चार संस्करणसम्म सफल आयोजना गरिसकेको ओपन स्पेस मिडिया प्रालिले यसपटकको संस्करणलाई अझ व्यापक र प्रभावकारी बनाउन तयारी अघि बढाएको छ । प्रतियोगिताका निर्देशक सरोज श्रेष्ठका अनुसार ‘मिस एसईई’ केवल सौन्दर्य प्रदर्शन मात्र होइन, बौद्धिक क्षमता उजागर गर्ने उत्कृष्ट माध्यम समेत हो ।

प्रतियोगिताको तालिम एक महिनासम्म सञ्चालन हुनेछ । तालिम अवधिमा सहभागीहरूले व्यक्तित्व विकास, सार्वजनिक वक्तृत्वकला, नेतृत्व क्षमता, अभिनय कला, र्‍याम्प वाक, मेकअप तथा फोटोग्राफीजस्ता विभिन्न सीपसम्बन्धी प्रशिक्षण प्राप्त गर्नेछन् । यी सबै प्रशिक्षण अनुभवी प्रशिक्षकहरूमार्फत प्रदान गरिने आयोजकले जनाएको छ । विजेताले प्लस टु सम्मको पूर्ण छात्रवृत्तिसहित विभिन्न उपहारहरू प्राप्त गर्नेछन् भने उपविजेताहरूले पनि आकर्षक गिफ्टहरू जित्ने अवसर पाउनेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी