राप्रपाको नेतृत्वमा हुने राजावादीको प्रदर्शनलाई तिनकुने जस्तो हुन नदिन प्रहरीको तयारी

राप्रपाको नेतृत्वमा हुने राजावादीको प्रदर्शनलाई तिनकुने जस्तो हुन नदिन प्रहरीको तयारी

ड्रोन, क्यामेराबाट निगरानी, २ हजार प्रहरी परिचालन, उत्छृंखल गतिविधि भए चरणवद्ध बल प्रयोग

  • मङ्लबार, चैत्र २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नेतृत्वमा आज राजावादी शक्तिले काठमाण्डौँमा प्रदर्शन गर्दैछ । काठमाडौँको बल्खुमा प्रदर्शन र सभाको आयोजना शान्तिपूर्ण रुपमा हुने राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले स्पष्ट पारीसकेका छन् ।

चैत १५ मा तीनकुनेमा दुर्गा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनमा सुरक्षा कमजोरी भई दुई जनाको ज्यान जाने गरी अप्रिय घटना भएपछि प्रहरीले सतर्कताका साथ नयाँ रणनीति बनाएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले राप्रपालाई बल्खु चोकबाट त्रिभुवन विश्वविद्यालय तर्फको सडकमा कार्यक्रम गर्न अनुमति दिएको छ ।

तिनकुनेमा जस्तो अप्रिय घटना दोहोरिन नदिन प्रहरीले विभिन्न नयाँ रणनीति तयार पारेको हो । जस अनुसार बल्खु क्षेत्रको प्रदर्शनका लागि दुई हजार प्रहरी परिचालित हुनेछन् । यसै गरी संयौको संख्यामा सादा पोशाकका प्रहरी पनि परिचालित हुनेछन् ।

साथै ड्रोन , सिसिटिभी क्यामेराबाट पनि गतिविधिको निगरानी गर्ने प्रहरीको तयारी छ ।

बल्खु क्षेत्रमा ड्रोन र सीसी क्यामेराबाट निगरानी गर्ने प्रहरीको रणनीति छ । बल्खु क्षेत्रमा परिचालित हुने सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागको बिचमा ‘एकीकृत’ सुरक्षा व्यवस्था मिलाउने र सुरक्षा ग्याप हुन नदिने निर्णय गरिएको छ ।

बल्खुमा राप्रपाको प्रदर्शन उग्र भएमा चरणबद्ध रुपमा सुरक्षा फौजले बल प्रयोगको तयारी गरेको छ । शिक्षकहरूले माइतीघर मण्डला र लघुवित्त पीडितहरूले रत्नपार्कमा प्रदर्शनको आयोजना गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ