डढेलो निभाउन हामीसँग अत्याधुनिक उपकरण र जनशक्ति छैनः मन्त्री शाही

डढेलो निभाउन हामीसँग अत्याधुनिक उपकरण र जनशक्ति छैनः मन्त्री शाही

  • आइतवार, चैत्र २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

२४ चैत, काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले नेपालको जटिल भू(बनोटका कारण डढेलो र आगलागी नियन्त्रण गर्न चुनौती भएको बताउनुभएको छ ।

आगो तथा विद्युतीय सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री शाही ठकुरीले सरकारले आगलागी र डढेलो नियन्त्रणको प्रयास गरिरहेको भए पनि नियन्त्रण गर्न नसकेको स्वीकार गर्नुभयो ।

‘नेपालमा भू बनोट जटिल छ । भीर पाखा छन् । त्यहाँ आगो लाग्दा अप्ठेरो भएको छ उहाँले भन्नुभयो, जनचेतनाका लागि सबैको महत्वपूर्ण भूमिका रहेको छ । सबैको सहयोग हुँदा पनि यो रोकिएको छैन ।’

आगो लागिसकेपछि निभाउने दमकलबाहेक उपयुक्त प्रविधि पनि नभएको बताउँदै उहाँले यसबारे सोध्न आवश्यक रहेको पनि बताउनु भयो । अहिले अत्याधुनिक हेलिकप्टरको प्रयोग गर्न सकिन्छ कि भन्ने बारे पनि छलफल भएको बताउँदै मन्त्री शाहीले सम्मेलनबाट प्राप्त हुने सुझावलाई पनि आत्मसाथ गरेर अघि बढ्ने प्रतिबद्धता जनाउनु भयो ।

‘अरु देशको जस्तो सम्भव छैन । त्यसैले के गर्दा नियन्त्रण गर्न सकिन्छ ? घना बस्तीमा दमकलले पनि काम गर्न सकेको छैन’, ‘के प्रविध गर्दा नेपालमा डढेलो नियन्त्र गर्न सघाउ पुग्छ ? प्रयास गर्न जरुरी छ । उहाँले भन्नुभयो ।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापनका लागि अत्याधुनिक उपकरण र जनशक्तिको अभाव रहेको उहाँको भनाई थियो ।

नेपालमा आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षासम्बन्धी नवीनतम प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौंमा शुरु भएको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मन्त्री ठकुरीले डढेलो नियन्त्रणमा सरकार गम्भीरताका साथ लागिरहेको पनि उहाँले बताउनु भयो ।

मन्त्री शाहीले डढेलो नियन्त्रणमा सरकार पनि लागेर नहुने बताउदै भन्नुभयो, ‘वन डढेलो नियन्त्रणका लागि सबैको प्रयास आवश्यक छ, सम्पूर्ण सरोकारवाला निकायहरू, नागरिक समाज, स्थानीय समुदाय, युवाहरूको भूमिका पनि महत्वपूर्ण छ,’ ।

हरेक वर्ष फागुन चैतको महिनामा बढी डढेलो लाग्ने गरेको बताउँदै मन्त्री शाहीले सरकार ठोस योजना बनाएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ