कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छः भीम आचार्य

कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छः भीम आचार्य

  • आइतवार, चैत्र २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.1K
    SHARES

इटहरी, २४ चैत । नेकपा एमाले कोशी प्रदेश कमिटी, सहरी बिकास बिभागद्वारा इटहरीमा आयोजना गरिएको “कोशी प्रदेशको सहरी बिकासका लागि लिनुपर्ने नीति र गर्नुपर्ने कार्यहरूको सन्दर्भमा उपमहानगरीय अवधारणा” बिषयक गोष्ठीमा एमाले स्थायी कमिटी सदस्य तथा कोशीका पूर्व मुख्यमन्त्री भीम आचार्यले कोशी प्रदेशमा बसाइँसराइको दर कम गर्न ब्यबस्थित सहरी निति बनाउनुपर्छ र त्यसको लागि आफू लागिपरेको बताएका छन् ।

उनले ब्यबस्थित सहरका कारण राष्ट्रिय अर्थतन्त्रमा सहयोग पुग्ने ९पर्यटन, उद्योग, रोजगार० र व्यवस्थित सहर निर्माण्मा लागि पुर्वाधार र सहरी सेवा सुबिधालाई ब्यबस्थित गनुपर्ने र त्यसका लागि प्रदेश सरकारले आवश्यक कानून बलाउदै नीति तर्जुमा गर्नुपर्न र सो कार्यको लागि आफू जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।

कोशी प्रदेश सहरी बिकास बिभागले उक्त कार्यक्रमको आयोजना गरेको हो । प्रदेशका प्रमुख लोकेश निरौलाका अनुसार “कोशी प्रदेशमा अहिले पहाडी जिल्लाका बस्तीहरु खाली हुने शहरी बस्तीमा बसाइसराई तीब्रता भएको हुँदा कसरि त्यो रोक्ने र शहर कसरि ब्यवस्थित बनाउने भनेर नै आजको कार्यक्रम आयोजना गरिएको हो” ।

उक्त कार्यक्रमा सहरी बिकास बिभागका सदस्य सुनिल नेपालले कार्यपत्र प्रस्तुत गरेका थिए भने सहरी बिकास बिभागका उप–प्रमुख सुशीला पहाडीले कार्यक्रम संचालन गरेका थिए ।

उक्त कार्यक्रममा  एमाले केन्द्रिय सदस्यहरु भगवती चौधरी, अमृता सुब्बा, ईन्दु गौतम, कोशी प्रदेश सभा माननीयहरु रोहितबहादुर कार्की, नीरा खनाल, इटहरीको उपमेयर संगीता चौधरी तथा उपमहानगर भित्रका एमाले, प्रदेश सदस्यहरु, जिल्ला सदस्यहरुको उपस्थित थियो । ३ उपमहानगर भित्रका निर्वाचित   उप–मेयर,वडा अध्यक्ष  र सदस्यहरुको उपस्थितिरहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी