वैदेशिक रोजगार विभागका महानिर्देशकमा भुसाल

वैदेशिक रोजगार विभागका महानिर्देशकमा भुसाल

  • शनिबार, चैत्र २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

चैत्र २३,काठमाडौँ । वैदेशिक रोजगार विभागको महानिर्देशकमा जीवलाल भुसाललाई जिम्मेवारी दिइएको छ । भुसाल श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख थिए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको चैत २१ गते मन्त्रीस्तरीय निर्णय गर्दै भुसाललाई नयाँ जिम्मेवारी दिइएको हो । तत्कालीन महानिर्देशक सूर्यबहादुर खत्रीलाई श्रम मन्त्रालयमा फिर्ता बोलाइएको छ । उनी सेवानिवृत्त हुँदैछन् ।

मन्त्रालयले विभागको उपसचिव, शाखा अधिकृतदेखि कप्युटर अपरेटरसम्म हेरफेर गरेको छ । वैदेशिक रोजगारको क्षेत्रलाई व्यवस्थापन गर्ने मुख्य जिम्मेवार रहेको विभागको कार्यसम्पादन प्रभावकारी नभएको भन्दै सरोकार पक्षहरुले विभागको आलोचना गर्दै आएका छन् । भुसालले चैत २६ गतेदेखि विभागको कार्यभारको जिम्मेवारी लिने श्रम मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ