हिमपहिरामा बेपत्ता चिनियाँ पदयात्रीको शव भेटियो

हिमपहिरामा बेपत्ता चिनियाँ पदयात्रीको शव भेटियो

  • शनिबार, चैत्र २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

चैत्र २३, कास्की । अन्नपूर्ण आधारशिविर (एबीसी)बाट फर्कने क्रममा हिमपहिरोमा बेपत्ता चिनियाँ पदयात्रीको शव फेला आज परेको छ । चैत ११ मा अन्नपूर्ण गाउँपालिका ११ देउरालीस्थित चुम्रुङमा हिमपहिरामा बेपत्ता २८ वर्षीय चेङ युआनको शव फेला परेको हो ।

उनी सम्पर्कमा नआएपछि सुरुमा स्थानीय र नेपाल प्रहरीको टोलीले खोजी गरेको थियो । त्यसपछि चैत १६ मा सशस्त्र प्रहरी बल, नेपाल नम्बर २४ गण हेडक्वार्टर कालिका गण पोखराबाट सशस्त्र प्रहरी निरीक्षक विश्वराज त्रिपाठीको कमाण्डमा विशेष विपद् उद्धार टोली खोजीमा खटिएको थियो ।

चुम्रुङस्थित मोदी नदी किनारबाट २० मिटर उत्तरतर्फ झोलासहित घोप्टो परेको अवस्थाना शनिबार बिहान शव भेटिएको कालिका गणका गणपति एसपी सूर्यप्रसाद तिमिल्सिनाले जानकारी दिए । घटनाको जानकारी पाएपछि युआनको परिवार नेपाल आएको छ ।

त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमपछि शवलाई परिवारको जिम्मा लगाउने तयारी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ