रास्वपा सभापति रवि लामिछाने पक्राउ, शनिबार भैरहवा लैजाने तयारी

रास्वपा सभापति रवि लामिछाने पक्राउ, शनिबार भैरहवा लैजाने तयारी

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

चैत्र २२, काठमाडौँ । रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारी ठगीमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गरेसँगै लामिछाने पक्राउ परेका हुन् ।

उनलाई बुढानीलकण्ठस्थित घरबाटै प्रहरी टोलीले शुक्रबार राति पक्राउ गरेको हो । अदालतको आदेशपछि प्रहरी टोली लामिछाने निवास बुढानीलकण्ठ पुगेको थियो । लामिछानेलाई पक्राउ गर्न गएको प्रहरी झन्डै १ घण्टा लामिछाने निवासमा बस्नु परेको थियो ।

उनलाई शनिबार कसरी रुपन्देही पठाउने भन्ने निर्णय भोलि नै हुने प्रहरी स्रोतले बतायो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा लामिछानेलाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो । लामिछानेलाई थुनामै राख्न माग गर्दै सरकार रुपन्देही जिल्ला अदालतको आदेश बदर माग गर्दै उच्च अदालत पुगेको थियो ।

उच्च अदालत तुलसीपुर, बुटवल इजलासका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले लामिछानेलाई धरौटीमा छाड्ने जिल्ला अदालत रुपन्देहीको आदेश बदर गरेको थियो । योसँगै गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश पनि उच्चले सदर गरेको उच्च अदालत तुलसीपुर, बुटवल इजलासका उपरजिस्ट्रार हरिगोपाल ज्ञवालीले जानकारी दिए ।

लामिछानेलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पुर्याईएको छ ।

जिल्ला अदालत, रुपन्देहीले गरेको १ करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश बदर भएपछि बूढानीलकण्ठस्थित निवासबाटै पक्राउ गरि लामिछानेलाई भद्रकाली ल्याइएको र आज शुक्रबार राति त्यहीँ हिरासतमा राखेर भोलि शनिबार भैरहवा लैजाने तयारी छ ।

भद्रकालीको हिरासतमा अहिले राप्रपा नेता रवीन्द्र मिश्र, सांसद् धवलशमशेर राणा लगायतका ‘भीआईपी’ आरोपी पनि छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ