तिनकुने घटना संविधान समाप्त पार्ने षड्यन्त्र थियो, दोषीलाई कार्बाही हुन्छ : गृहमन्त्री

तिनकुने घटना संविधान समाप्त पार्ने षड्यन्त्र थियो, दोषीलाई कार्बाही हुन्छ : गृहमन्त्री

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तीनकुनेको हिंसात्मक घटना कुनै राजनीतिक दल प्रेरित नभएको बताएका छन्।

आज संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले गृहमन्त्री लेखकलाई चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक घटनाको जानकारी दिन बैठकमा बोलाएपछि उनले संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने ढंगले भएको बताएका हुन्।

अगुवाबाट उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी अन्नपूर्ण पोस्ट् र कान्तिपुरको कार्यालयमा ढुंगामुढा गरियो , आगो लगाईयो , उनले भने ।

‘तीनकुने भएको कार्यक्रम हिंसात्मक, अमानवीय, अमार्यादित र उच्छिङ्खल ढंगले भएको छ।’ उनले भने, ‘संविधान र गणतान्त्रिक व्यवस्थाभित्र रहेर शान्तिपूर्ण प्रदर्शनलाई सरकारले स्वागत गरिरहेको छ। तर यो प्रदर्शनको उद्देश्य नेपालको वर्तमान संविधान उल्ट्याउने र यो व्यवस्था उट्याउने, समावेशि चरित्र समाप्त गर्ने उद्देश्यबाट प्रेरित थियो। यदि यो कार्यक्रमलाई शान्तिपूर्ण प्रदर्शन गर्ने, आफ्नो धारणा राख्ने, सरकारलाई खबरदारी गर्ने र ध्यानाकर्षण गर्ने उद्देश्यले प्रेरित थियो भन्यो भने ठिक हुँदैन। यसमा द्विविधा छैन।’

उनले निजी घर, सञ्चार गृह, दमकल र प्रहरीलाई समेत आक्रमण भएको बताए। उनले भने, ‘आफ्ना अगुवाबाट उत्तेजित अभिव्यक्ति र निर्देशित भीडले जानीजानी अन्नपूर्ण पोस्ट् र कान्तिपुरको कार्यालयमा ढुंगामुढा गरियो र आगो लगाइयो, राजनीतिक दलको कार्यालय र निजी घरमा तोडफोड र आगजनि भयो। भाटभटेनी तोडफोड भयो । जडिबुटीको उद्योगमा आगो लगाएर पूर्ण ध्वस्त बनाइयो।’

उनले उक्त घटनाका दोषीहरुलाई सरकारले कार्बाही गर्ने पनि प्रतिवद्धता जनाए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ