मलाई हटाउन राज्यको सम्पूर्ण शक्ति कसरी लागेको थियो, जनता जानकार छन् : कुलमान घिसिङ

मलाई हटाउन राज्यको सम्पूर्ण शक्ति कसरी लागेको थियो, जनता जानकार छन् : कुलमान घिसिङ

  • शुक्रबार, चैत्र २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

चैत्र २२ काठमाण्डौँ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्तीमा परेका कुलमान घिसिङले आफूलाई हटाउन राज्यको सम्पूर्ण शक्ति र विभिन्न समुहहरु कसरी लागेका थिए,त्यसबारे जनता जानकार रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै उनले आफूलाई हटाउन लाग्नुको स्वार्थबारे सबै जनता जानकार रहेको बताएका छन् ।

‘नेपाली जनतालाई भरपर्दो, गुणस्तरिय पर्याप्त सुरक्षित विद्युत् आपूर्ति उपलब्ध गराउने मुख्य उद्देश्यलाई इमानदारितापूर्वक खटिरहेको राष्ट्रसेवक कर्मचारीलाई हतोत्साहित एवं अपमानित गराउने दुराशय सफल भएकोमा कतिपय व्यक्ति, समूह वा शक्तिले आफूलाई सफल ठानेका होलान्,’ घिसिङले भनेका छन्, ‘नेपाली जनताले दिएको स्नेह र आशीर्वादले मलाई हार्न दिएको छैन ।’

साथै, उनले आफू विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बिदा भए पनि नागरिकको रुपमा गर्नुपर्ने कर्तव्यबाट पछि नहटेको बताए ।

‘म विद्युत् प्राधिकरणको कार्यकारी निर्देशबाटमात्रै बिदा भएको हुँ । एक जिम्मेवार नागरिकको रुपमा मेरो काम कर्तव्य कहिल्यै कम हुने छैन,’ घिसिङले भनेका छन्, ‘नेपालको कानुनले निदृष्ट गरेको काममा खटिएको एक कर्मचारीमाथि राज्यको सम्पूर्ण शक्ति कसरी खटिएको थियो, कसको स्वार्थको विषयमा ममाथि जाइलागेको थियो भन्ने नेपाली जनता आफैं जानकार छन् ।’

मन्त्रिपरिषद् बैठकले आफूलाई हटाउने दिन पनि बिजुली बाल्नकै लागि मकवानपुरको एउटा विकट बस्तीमा आफू खटिएको उनले बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ