काठमाडौं, २१ चैत । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी विवादकाे सुनवाइ सकिएकाे छ ।
निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पदमुक्त तथा नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको दुवै रिटकाे सुनवाइ सकिएकाे हाे ।
मंगलबार र बुधवार न्यायाधीशद्वय कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा रिटमाथि सुनुवाई भएको थियो । तर सुनुवाई पूरा नभएपछि मुद्दा बिहिवारसम्म हेर्दाहेर्दैमा राखिएकोमा अहिले सुनवाइ सकिएकाे छ ।
पटक पटक पेशी सर्दै आएको कुलमान र हितेन्द्रदेवको रिटलाई मंगलबार भने विशेष प्राथमिकताका साथ सुनुवाई गरिएको छ । अब के आदेश आउने हो ? भन्ने बारेमा प्रतिक्षाको घडी सुरू भएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline