रेडक्रसका अध्यक्ष नेपाल सहित पाँच जना निलम्बित

रेडक्रसका अध्यक्ष नेपाल सहित पाँच जना निलम्बित

  • बिहिबार, चैत्र २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

रेडक्रसको अन्तर्राष्ट्रिय संस्था (आइएफआरसी) ले नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जनालाई निलम्बन गरेको छ।

अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भूपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसले जनाएको हो।

उनीहरूमाथि रेडक्रसको आधारभूत सिद्धान्तहरूको उल्लंघन गरेको, विधानको परिपालना नगरेको आरोप लगाइएको छ।

त्यस्तै संस्थामा राजनीतिक हस्तक्षेप निम्त्याएको पनि उनीहरूमाथि आरोप लगाएको छ। आइएफआरसीको विधानको धारा ८ प्रतिकूल हुने गरी कार्य गरेकाले निलम्बन गरिएको संस्थाले बताएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ