आइपीएलमा गुजरातको दोस्रो जीत

आइपीएलमा गुजरातको दोस्रो जीत

  • बिहिबार, चैत्र २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

काठमाडौं, २१ चैत । इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले दोस्रो जित निकालेको छ ।
रोयल च्यालेन्जर्स बैंगलुरुलाई पराजित गर्र्दै गुजरातले ८ विकेटले दोस्रो जीत निकालेको हो ।

टस हारेर पहिला ब्याटिङ गरेको बैंगलरूले ८ विकेट गुमाउँदै एक सय ७० रनको लक्ष्य प्रस्तुत गरेको थियो । प्रत्युत्तरमा गुजरातनले १७.५ ओभरमै २ विकेट गुमाएर लक्ष्य चुमेको हो ।

आइपिएलको १४औं खेलमा जुगरातलाई जित दिलाउन बटलरले ३९ बलमा आक्रमक ब्याटिङ गर्दै पाँच चौका र ६ छक्कासहित सर्वाधिक ७३ रन बनाउन सफल भए भने साइ सुदर्शनले ४९ तथा सेर्फान रुथरफोर्डले ३० रन जोडेका थिए ।

बटलर र सुदर्शनले दोस्रो विकेटको लागि ४७ बलमा ७५ रनको साझेदारी गर्दा बटलर र रुथरफोर्ड अविजित ६३ रनको साझेदारी गरेर गुजरातको जीतमा योगदान गरे ।

जितपछि गजरात ३ खेलमा चार अंकसहित चौथो स्थानमा उक्लिएको छ भने पहिलो हारपछि आरसिबी समान अंकसहित तेस्रो स्थानमा छ ।

चार टोलीको समान ४ अंक रहँदा नेट रनरेटका आधारमा पञ्जाव भने शीर्ष स्थानमा पुगेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी