काँग्रेस र एमालेलाई बिचौलीयाले कब्जा गरेका छन् : प्रचण्ड

काँग्रेस र एमालेलाई बिचौलीयाले कब्जा गरेका छन् : प्रचण्ड

  • बुधबार, चैत्र २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

चैत्र २० काठमाण्डौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अहिलेको सरकार काँग्रेस एमालेको आवरणमा बिचौलीयाले चलाईरहेको दाबी गरेका छन् ।

आज बाँकेको कोहलपुरमा लुम्विनी प्रदेश स्तरीय अखिल नेपाल महिला संघ ( क्रान्तिकारी ) को सम्मेलनको उद्घाटन गर्दै काँग्रेस एमालेलाई बिचौलीयाले कब्जा गरीसकेको बताएका छन् ।

आफ्नो सरकारले जनतामा आशा जगाउने गरी विकाश सुसासन र समृद्धिका पक्षमा काम गर्दा गर्दै तस्करी, दलाली मार्फत कमिसन र नाफा कमाउन पल्केका बिचौलीयाले अब माओवादी रहिरह्यो भने खान पाईदैन भनेर रातारात काँग्रेस एमाले मिलाएको जिकिर प्रचण्डको छ ।

उनले कुनै काँग्रेस र एमालेका नेताको घरमा नभई बिचौलीयाको घरमा मध्यराती सरकार ढाल्ने सम्झौता त्यसैको परिणाम भएको बताए ।

यसै गरी उनले अहिले एक पछि अर्को क्षेत्रमा बिचौलीया हावी भएको भन्दै कुलमान हटाउने देखि राष्ट्र बंकको गभर्नर पनि बिचौलीयाकै ईशारामा नियुक्त गर्ने गरी कार्यविधि नै परिवर्तन गरेर ६५ वर्ष माथिको पनि हुने भनेर ल्याईएको बताए ।

अब काँग्रेस र एमाले विना एक्लै निर्वाचन लडेर सरकार बनाउने गरी पार्टी अभियानमा लागिसकेको र यसका लागि विभिन्न अभियान लिएर निरन्तर जनतामा गईरहेको प्रचण्डको भनाई छ ।

यसै गरी पूर्व राजालाई प्रचण्डले बुद्धि बिगारेको संज्ञा दिएका छन् । उनले आन्दोलनको कमाण्डर दुर्गा प्रसाई जस्तो हावालाई बनाएकाले तिनकुनेमा हत्या, हिंशा लुटपाट र अराजकता देखा परेको टिप्पणी गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ