२० चैत, काठमाडौं । सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादीको आन्दोलनका क्रममा ज्यान गुमाएकाको परिवारलाई १०÷१० लाख दिने निर्णय गरेको छ ।
गृहमन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको उनको सचिवालयले जनाएको छ ।
उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र पत्रकार सुरेश रजकको निधन भएको थियो ।
उनीहरु दुवैको पोस्टमार्टम भइसकेको छ । पोस्टमार्टम रिपोर्ट अनुसार रजकको शरिरमा कुनै गोली नभेटिएको चिकित्सकले बताएका छन् ।
सविनको मंगलबार नै दाहसंस्कार गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline