काठमाडौँ । सरकारले संसद्को हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चैत १९ गते मङ्गलवार राति १२ बजेबाट संसद्को हिउँदे अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
संसदले पाँच वटा प्रतिस्थापन विधेयक पारित गरेसँगै अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।
मन्त्रीपरिषद्ले गरेको सिफारीस राष्ट्रपतिले प्रमाणि गरेपछि आजबाट सदनको अधिवेशन अन्त्य हुनेछ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline